बारा ।। नेपालको तराई मधेस एउटा कृषि जन्य क्षेत्र हो भन्ने कुरा सबै लाई थाहा छ । यहाका जनता खेतमा बाली देखेरे आफ्नो जीवनको अगामी भबिस्य तय गर्ने गर्छ ।
त्यसमा पनि उखु बालीलाइ त झन् नगदै बालीको रुपमा लिने गरिन्छ । भनिन्छ, उखु किसानहरुले खेतमा उखु बालि लागेकै भरमा आफ्नो छोरा—छोरी हरु लाई उच्च अधयनको लागि बाहिर पठाउने तथा छोरीहरुको बिबाह देखि अन्य सम्पुर्ण काम जुन कि तत्काल नगदै रुपैया तिरेर गर्न सकिन्छ त्यो सबै काम गर्नको लागि तम—त्यार भएर बस्ने गर्छन । तर बिडम्बना के हो भन्ने सोझा साझा किसानहरु एउटा चलान पुर्जी कै भरमा आफ्ना लाखौं लाख मुल्य बराबरको उखु, चीन मिलमा बुझाउछन । त्यहा देखि सुरु हुन्छ उनको दिन—दसा ।
साल भरी लगाएर , खलखली पसिना बगाएर कमाएको उखु बाली को भुक्तानी लिन का लागि दौडधुपमा किसानको समय बित्ने गर्छ । यो किसानी घटना हो सर्लाही जिल्लाको उखु किसानको जुन अहिले भीषण चिसो को एक रति पनि प्रवाह नगरि काठमाडौं राजधानीको माइती घर मण्डलामा धर्ना दिरहेका छन ।
तसर्थ यस्तो चिसोमा आफुले दिएको उखु बालीको भुक्तानी लिन काठमाडौं सम्म पुरयाउने चिनी मिलका मालिकलाई तुरुन्त पक्राउ गरि सरकारले तोकेको मुल्य बराबरको हिसाब गरि एक पैसा पनि बाकी नराखी भुक्तान गर्न लगाउने कार्य अबिलम्ब गरियोस अन्यथा देसै भरीको किसानहरु शसक्त आन्दोलन गर्न बाध्य हुने छन । अरुण सिंह, प्रबक्ता , राजपा नेपाल बारा

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here