काठमाडौं ।। नेपाल भ्रमण वर्ष २०२० सुरु हुनुभन्दा अघि दिन विभिन्न देशका ठूलाशहरहरुमा रहेका अगलो भवन र टावरमा नेपालकोे राष्ट्रिय झन्डा र भ्रमण वर्षको लागो फहराइने भएको छ ।
डिसेम्बर ३१ तरिखमा विश्वका चर्चित दर्जनौ अग्ला भवन र टावरमा नेपालको झन्डा र भ्रमण वर्षको लोगो फहराउने गरी गैरअवासीय नेपाली संघले तयारी गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जनाएका छन् । मन्त्री भट्टराईले आइतबार बिहान सामाजिक सञ्जालमा यससम्बन्धी जानकारी दिएका छन्। उनका अनुसार, अस्ट्रेलिया, न्यूजिल्यान्ड, जापान, दक्षिण कोरिया, कतार, संयुक्त अरब इमिरेट्स, हङकङ, जर्मनी, बेल्जियम, बेलायत, अमेरिका, क्यानडालगायतका देशमा झण्डा र लोगो राखिनेछ।
यसमा एनआरएन अध्यक्ष कुमार पन्तले सहयोग गर्ने उनले जनाएका छन्। यससँगै अन्य देशमा पनि एनआरएनले नेपाली झण्डा र भ्रमण वर्षको लोगो राख्न सघाउने भएको उनले बताए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here