काठमाडौं ।। आजकल अधिकाशं मानिसहरु कतिले मोटोपनको समस्यामा देखिन्छ त कतिपयले दुबलोपनको समस्यामा देखिन्छ । तर आज हामी चार्चा गर्ने छौ मोटोपनको लिएर । शरीर जति माटो हुँदै जान्छ त्यति नै दिनप्रतिदिन समस्या हुँदै जान्छ । खानपान तथा जिवनशैलीका कारण मोटोपनको समस्या बन्दै गएको छ । हामी सबैलाई चिन्ता हुन्छ कि हामी शरीरको मोटोपन घटाउने कसरी ? कसैले आफनो तौल घटाउनको लागी जिम जाने गर्छ र आफनो तौल घटाउन सक्छ । तर गाँउघरका मानिसहरु काहाँ जान्छ ? त्यसैले जिम,मेसिनको प्रयोग बिना नै हामी घरमै बसेर आफनो तौल घटाउन सक्छौ ।
वार्मअप
हल्का जगिङसहित गरिने अभ्यास वार्मअप हो । यसमा जिउ तथा हातखुट्टा तन्काएर अभ्यास गरिन्छ । जसलाई स्टेचिङ भनिन्छ । यो अभ्यास करिब १० मिनेटसम्म गर्दा राम्रो हुन्छ ।
बुट क्याम्प
बुट क्याम्प एक किसिमको कार्डियो अभ्यास हो । उभिएर खुट्टा फट्टाउने अनि हात तल–माथि गरेर यो अभ्यास गरिन्छ । यसका तीन चरण हुन्छन् । प्रत्येक चरणमा ३० चोटि अभ्यास गरेर मोटोपना नियन्त्रणमा ल्याउन सकिन्छ ।
माउन्टेन क्लाइम्बिङ
हिमाल वा पहाड चढ्दा जसरी नै गरिने क्रियाकलापलाई माउन्टेन क्लाइम्बिङ भनिन्छ । यसमा भुइँमा खुट्टा राखेर जम्प गरिन्छ । यो एकैपटकमा २० देखि ३० चोटिसम्म गर्न सकिन्छ ।
क्वाट जम्प
स्कोट जम्प उठबस गरेर हलुका किसिमले गरिन्छ । यो अभ्यास एक चरणमा २० पटक गर्न सकिन्छ ।
बर्पी
हात भुइँमा टेकेर खुट्टालाई अगाडि–पछाडि वा तल–माथि जम्प गरेर गरिने अभ्यास बर्र्पी हो । यो अभ्यास एक चरणमा २० देखि ३० पटकसम्म गर्न सकिन्छ ।