काठमाडाैं ।। इसाई धर्मका अनुयाईहरू क्रिसमस डे आज विश्वभरि मनाउँदैछन् । जिसस् क्राइस्ट धरतीमा जन्मिएको खुसीयालीमा इसाई धमालम्बीहरुले हर्षका साथ यो दिन खुसी मनाउने गर्छन् । विभिन्न प्राचीन यूरोपियन दस्तावेजका अनुसार जिसस् क्राईस अर्थात येशु खिष्ट धरतीमा आउनपूर्व नै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसँगै आजको दिनलाई क्रिसमसका रूपमा मनाउन थालिएको हो । इस्वि संवतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रूपमा मनाइउने गरिन्छ । संसारभरि नै उपहारहरू साटासाट, क्रिसमस रुख सिङ्गार्दै, भोज आयोजना गरेर अनि चर्च घरहरुमा गएर क्रिसमस दिवस मनाउने गरिन्छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।