काठमाडौं ।। समाजवादी पार्टीले केपी आलीको सरकार छाडेको छ । उपप्रधान तथा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले राजिनामा दिएका छन् । संविधान संशोधन प्रक्रिया अगाडि बढाउने गरी मन्त्रिपरिषद् बैठकमा आफूले राखेको प्रस्तावमाथि छलफल नभएपछि मन्त्री यादवले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा आफ्नो प्रस्ताव अगाडि नबढेकाले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख छ ।
राजीनामा पत्रमा यादवले पार्टी सरकारमा सहभागी हुँदा भएको सहमतिलाई समेत स्मरण गराएका छन् । संविधान संशोधनमा सहमति भएर सरकारमा सहभागी भएको जनाउँदै यादवले सरकार सहमतिबाट पछाडि हटेको र एकतर्फी रुपमा सहमति तोडेकाले राजीनामा दिएको जनाएका छन् । यसअघि समाजवादी पार्टी नेपालको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । उपेन्द्र यादवले पार्टी संसदीय दलको बैठकमा समेत सरकारबाट बाहिरिने विषयमा छलफल गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here