मो.रेहताज आलम
संघीयतामा मुलुक गईसकेपछी प्रदेन न:-2 अन्तर्गत रहेका समाजिक बिकास मन्त्रालयले आफ्नो प्रदेशमा रहेका विभिन्न जिल्लाहरुमा रहेर बिषय क्षेत्र स्वास्थ्य लगायत अन्य सेवा प्रवाह लाई थप ब्यबस्थित गर्ने उदेश्यका साथ प्रदेश सरकार ले आवेदन माग गरिए पनि उक्त आवेदन मा बिषय क्षेत्र स्वास्थ्य अन्तर्गत हेल्थ असिस्टेन्ट ,अनमी ,अहेव ,ल्याव असिस्टेन्ट को लागि आवेदन माग गरिए पनि सोही तहका रेडियोग्राफी(ड्राक रोम)असिस्टेन्ट र टेक्निसियन लाई उक्त आवेदन मा समावेश गरिएको छैन भन्ने सबै मा बिदितै छ। रेडियोग्राफी ईमेजिङ क्षेत्र लाई सुदृढीकरण ,ब्यबस्थित,प्रभावकारी ,सुधार,बिस्तार ,उन्नति र यसको हक-हितमा काम गर्न स्थापित नेपाल रेडियोलोजिकल सोसाइटीका पदाधिकारीहरुले यश संस्था र क्षेत्र को हक-हितको लागि कहिले कुनै कहि कतै काम गर्न सकेका छैन्न।
नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष ,सचीव लगायत अन्य पदाधिकारी हरुले आफ्नो ब्यक्तिगत लाभका लागि सधैं आफ्नो कार्यकाल भरी मन्त्रालय धाइरहन्छ। यश सोसाइटीकाका नेतृत्वकर्ताहरु ले संस्थागत काम भन्दा ब्यक्तिगत स्वार्थ को लागि मन्त्रालय र बिदेश धाइरहन्छ।तीनिहरु आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा माथी उठन सकेका छैन।
विभिन्न NGo/INGo ,मेडिकल कम्पनी र बिदेशी अनुदान र सरकार को बजेट र स्वास्थ्य को नाम मा आएको भत्ता सकाउन समाजिक संजाल लगायत विभिन्न मिडिया पत्र-पत्रीकाहरुमा चर्चा आईरहन्छ। तर इमेजिङ क्षेत्र को लागि सम्बन्धित निकाय मा खासै दबाब र पहल गर्दैन अनुदान भत्ता र पैसा कमाउन अरुको पछी पछी लागेकै कारण रेडियोग्राफरहरुको लागि आवाज समेत उठाउन सकिरहेका छैन ।
ती ब्यक्तिहरु संग म सोध्न चाहन्छु..? बिगत देखि अहिले सम्म यश संस्था ले रेडियोग्राफरहरु को हक-हितमा कहाँ -कहाँ ,के-के,गर्यो?…………! तपाई को नेतृत्व को कमिटीले के गर्दै छ्न?………..किन र के -को लागि प्रतिनिधि बनाएर पठायौ??? म फेरि सोध्न चाह्न्छु…के हामी ले संस्था को कार्य को विवरण बारे जान्न र बुझ्न् समेत न पाउने कि ?..म फेरि सोध्न चाहन्छु तपाई को नेतृत्व को कमिटी वास्तवमा नै आयोग्य र असक्षम छ कि?नेतृत्व गर्ने ब्यक्ति को योग्यता र क्षमता मा प्रश्न उठदै छ।.यदि संस्था ले वास्तवमा केही गरेकै छ।भने प्रगति विवरण सार्वजनिक किन भएन ?किन गरिएन ?सोध्न चाहे अध्यक्ष ज्यु…सम्पुर्ण साथीहरू कै प्रश्न हो। यदि तपाईंको कमजोरी को मुल्य अरुले चुकाउदै छ्न।भने तपाईं चाहिँ पापी….संस्था कसैको बाउ,बाजेको बिर्तावाल (पैत्रिक सम्पत्ति )होईन …विभिन्न बहाना मा रेडियोग्राफरहरुलाई दुख् दिने अधिकार कसैको पनि छैन।बर्तमान अवस्थामा दुख दिने छुट कसैलाई पनि छैन ।
आयोग्य ब्यक्ति को नेतृत्व का कारण स्वास्थ्य अन्तर्गत रेडियोग्राफरहरु प्राइभेट किल्निक,पोलि किल्निक र अस्पतालहरुमा श्रम शोषित हुनुपरेका छ्न।लाखौं खर्चेर स्वदेश र बिदेश बाट अध्ययन पूरा गरिसके पनि रेडियोग्राफरहरु आफ्नो पाचौं स्तर र नेपाल सरकार ले तोकिएको ज्याला(भत्ता तलब)समेत नपाईरहेको अवस्था छ्न। त्यसमा पनि प्राइभेट अस्पताल र किल्निक,पोलि किल्निकहरुमा मेसिन वाट निस्किने विकिरण शरीरमा को लागि हानी हुन्छ तर प्राइभेट अस्पतालहरुमा विकिरण बाट बाच्न प्रयोग गर्ने उपकरण हरु उपलब्ध न हुदा जोखिम मोलेर काम गर्नुपर्ने र आफ्नो स्तर अनुसार को तलब माग गर्दा काम नै छोडेर बाहिरिनु पर्ने स्थितिका कारण कम तलब मा काम गर्नुपर्ने रेडियोग्राफरहरु को बाध्यता भए पनि यश प्रती नेपाल रेडोयोलोजिकल सोसाइटी ले चासो राख्दैन्न।दिपावली र छठ को समयमा अनुगमन को नाममा मोटो रकम असुल्न सोसाइटी र जिल्ला जन स्वास्थ्य बढीको सक्रिय देखिन्छन।
राजतन्त्र जस्तैः यदि कामै नगरि नारायणीहिटि दरबार बाटै जसरी राजा ले जनता र मुलुक मा शासन गर्थ्यो। त्यसरी नै गर्ने हो भने राजा जस्तै धपाउन समय धेरै टाढा छैन।पुरानो सोच मानसिकता रहिरहियो भने यश क्षेत्र सधैं यथास्थितिमा नै रहिरहन्छ।नेतृत्व को झुठो बोली,झुठो आश्वासन ले आश पलाए पनि ती आशहरु टुटि सकेर निराश र आक्रोशमा परिवर्तन हुदै छ्न।कानुन को उल्लंघन राजा ले गर्न सकेन बर्तमान नेतृत्व ले सक्ने कुरै आएन।केही गरिएन केहि गर्दैन केही गरेका पनि छैन। संघ अन्तर्गत रहेका अस्पतालहरुमा बिरामिको अनुपातमा दस बटा र प्रदेश(अञ्चल )अस्पतालमा छ जना रेडियोग्राफर को दरबन्दी भए पनि उक्त अस्पतालहरुमा रेडियोलोजी सेवा संचालन का लागि व्यावसायिक र कानुनी रूपमा दक्ष जन शक्ति को ब्यब्स्था नगरी सो व्यावसायिक संग असम्बन्धित ब्यक्ति सिएमए, कमर्श,अधारभुत शिक्षा समेत उतिर्ण नगरेका ब्यक्तिहरु लाई तालिम दिई सेवा संचालन गरेका छन।
किसानले बीउ जोगाउछ।बिचौलियाहरु ले बीउ बेचेर नाफा कमाउछ।ठिक त्यस्तै यिनिहरु हुन।केही ब्यक्ति हरु ले यश संस्था र क्षेत्र लाई कमाई खाने भाडो बनाएका कारण रेडियोग्राफर लाखै खर्च गरि स्वदेश र बिदेश बाट अध्ययन गरेर सडक मा छ्न।हाती आयो हाती आयो फुसा भने झै काम केहि न गर्ने अनैतिक रूपमा जोगाएका रकम खर्च गरेर मिडियाबाजी बढी गर्ने यिनिहरुको प्रवृत्ति बुझी सक्नु पर्छ्। जुन घरको अभिभावक (गर्जियन ) असक्ष्म,आयोग्य हुन्छ त्यो घर महल बाट झुपडी बन्न समय लाग्दैन।र त्यहीँ जुन घरको अभिभावक योग्य सक्षम हुन्छ त्यो घर झुपडी बाट महल बन्न समय लाग्दैन। यस्ता ब्यक्तिहरु लाई अब छोड्नु हुन्न।नेतृत्व को बिरोध मा सोसाइटी भित्रै बाट बिद्रोह हुन्छन् । लाज,शरम,मान मर्यादा , इज्जत -प्रतिष्ठा न भएका यी आयोग्य असक्ष्म ब्यक्तिहरुले नैतिकता को अधारमा राजीनामा दिन सक्नुपर्छ ।