काठमाडौं ।। जाडो मौसममा शरीरलाई स्वस्थ राख्नको लागी खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । जाडो मौसममा शरीरले न्यानो र तातो खानेकुरा खोज छन् । जब हामी खानपानमा ध्यान दिदैनौ भने हाम्रो स्वास्थ्यको लागी हानिकारक नै हुन्छ । खानपान र व्याममा दिदैनौ भने चिसोमा पानी र क्यालोरी कम हुन्छ । खाना हामीलाई समयमा खानुपर्छ समयमा खाएन भने हाम्रो स्वास्थ्यको लागी हानिकार नै हुन्छ । बिहान खानु भन्दा अगाडी नै नास्तामा जेहोस जस्तै ः अण्डा, फलफुल,ब्रेडसहरु खाँदा स्वास्थ्यको लागी फाइदाजनक हुन्छ ।
चिसो मौसमका उपयुक्त खाना
चिासो मौसममा खानपानमा विशेष ध्यान दिनुपर्छ । चिसो मौसममा धेरैको बानी बिहान ढिला उठ्ने र एकैपटक खाना खाने बानी हुन्छ । तर त्यस्तो बानी स्वास्थ्यका लागि ठिक होइन । बिहान खाना खानुभन्दा अगाडी नै अण्डा, फलफूल, सलाद, ओट्स, ब्रेडस् र तातो दुध खाँदा स्वास्थलाई फाइदा पुग्छ।
हरियो सागपातको धेरै प्रयोग
चिसो मौसममा तातो दाल, सुप सँगै हरियो सागपात र अचारहरु पनि खानुपर्छ ।
बेलुकाको खाना छिटै खाने
जाडो मौसममा राति जति छिटो खाना खाइन्छ त्यति नै शरीरलाई फाइदा गर्छ । तर दिउँसो खाइने खाजाभन्दा रातिको खाना हल्का हुनुपर्छ। रातको खानामा खिचडी र सादा खानाको प्रयोग राम्रो हुन्छ । राति सुत्नुअघि कमसेकम तीनरचार घण्टा पहिले खाना खाइसक्नुपर्छ । जसले शरीरको पाचनशक्ति बलियो बनाउँछ।
सुत्नुअघि दुध
चिसो मौसममा सुन्नुभन्दा अघि तातो दुध खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । तातो दुधमा वेसार वा अदुवा मिसाएर खानु अझै लाभदायी मानिन्छ ।
व्यायाम
जाडोमा बिहानको समयमा दिँनहु व्यायाम गर्न सकिँदैन् । हप्तामा एकदिन व्यायाम गर्नुपर्छ । व्यायाम गर्दा एक्लैभन्दा पनि साथीसँगै हुँदा प्रोत्साहन मिल्छ र गाह्रो महसुस कम गर्न सकिन्छ ।
भिटामिनको भरपुर प्रयोग
खानामा भिटामिन सिको मात्रा धेरै राखेमा चिसोबाट बच्नुका साथै रुघाखोकी लाग्दैन। भिटामिन डीको प्रयोगले हड्डीलाई बलियो बनाउने काम गर्छ। यसका साथै भिटामिन डीले भिटामिन ए, आइरन र क्याल्सियमको मात्रा पनि वढाउने काम गर्छ।
जाडो मौसममा शरीरलाई स्वस्थ राख्न कस्तो खाना खाने ?
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।