काठमाडाैं ।। नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बिहान ११ बजेका लागि बोलाईएको बैठकमा अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथिको छलफल गर्ने कार्यतालिका तय गरिएको छ । छलफल सकिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनितिक प्रतिवेदन पारित गर्दै बैठक सकिने नेकपा स्रोतले जनाएको छ । यसअघि हिजो बसेको बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथी छलफल भएको थियो । बैठकमा प्रचण्डपथ बिउँताउने प्रस्ताव पनि आएको छ । स्थायी कमिटी सदस्य मातृका यादवले प्रचण्डपथ नभएकै कारण पार्टीमा भद्रगोल भएको धारणा राख्नुभयो । यादवले प्रचण्डपथलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनुपर्ने प्रस्ताव राख्दा अरु नेताले भने अनौठो मानेका थिए । यादवले क्रान्तिका लागि विचारमा स्पष्टता र विकास गनुपर्ने र त्यसक्रममा नै १० वर्षे जनयुद्धकालमा मुख्य नेतृत्वकर्ताको नामबाट प्रचण्डपथ विकास विकसित गरेको बताउनुभयो ।
नेकपा स्थायी कमिटि बैठक ११ बजे बस्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।