काठमाडौं ।। स्वास्थ्यको लागी पानी पिउनु जरुरी हुन्छ । पेट भरेको होस् वा खाली होस जुनसुकै अवस्थामा पानी पिउनु स्वास्थ्यको लागी लाभदायक नै हुन्छ । पानी जिवनको आधार हुन्छ । पानी बिना त बाच्न अस्मभव नै हुन्छ । किनभने पनी हाम्रो स्वास्थ्यको लागी अत्यन्त जरुरी हुन्छ । पानी पिउनाले हाम्रो शरीरको विषलु पर्दाथ पर्दाथ बाहिर निकाल्छ र रोगहरु ह्टाईदिन्छ । खास गरेर चिसो मौसममा बिहानै मनतातो पानी पिउँदा दिन नै राम्रो बित्छ । बिहान पानी पिएपछि एक घन्टासम्म केही नखानुस् । दिनभरिमा १० गिलास पानी पिउनुस् ।
१. पेट सफा
बिहान खाली पेट एक गिलास पानी पिउँदा पेट सफा हुन्छ । यसले गर्दा शरीरले पोषक तत्त्व सजिलै ग्रहण गर्छ र पाचन प्रक्रिया राम्रो हुन्छ ।
२.छाला चम्किलो
छालालाई चम्किलो बनाउनका लागि पानी पिउनु जरूरी हुन्छ । यसले रगत सफा गराउँछ र छालासम्बन्धी समस्या भाग्छ ।
३.मोटोपन घटाउने
बिहान खाली पेट पानी पिउँदा शरीरको मेटाबोलिजम बढ्छ । यसबाट अतिरिक्त बोसो पगाल्छ र मोटोपन घटाउँछ ।
४.भोक बढाउने
पानी सेवन गर्दा पाचन प्रक्रिया राम्रो भएर भोक बढ्छ ।
५.रोग हटाउने
खाली पेट पानी पिउँदा मिर्गौलासँग सम्बन्धित समस्या, टाउकोदुखाइ, पेटमा ग्यास भरिने समस्या भाग्छन् ।