काठमाडाैं ।। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राख्नुहुनेछ । ११ पेज पृष्ठ लामो प्रतिवेदनमा पार्टी संगठन, अन्तर्राष्ट्रिय सम्बन्ध, सरकारको समिक्षा लगायतका विषय समेटिएका । हिजो धारणा राख्ने नेताले सरकार पार्टी अनुसार नचलेको, उच्च तहका नेताबाटै गुतबन्दी बढेको आरोप लगाएका थिए । पार्टी कार्यालय धुम्बाराहीमा हिजो बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमा १२ नेताले आफ्नो धारणा राखेका थिए । तीन तीन महिनामा बैठक बस्नुपर्ने प्रावधान भए पनि एक वर्षसम्म बैठक किन नबोलाएको भनेर नेताहरुले प्रश्न गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराउनुभयो । नेता युवराज ज्ञवालीले बैठक नबोलाएकोमा नेतृत्वले आत्मालोचना गरेर मात्र नहुने बताउनुभयो । यस्तै आज धारणा राखेका मध्ये भीम रावल र देव गुरुङले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोध गरेका छन् । बैठक बिहान ११ बजे बस्ने तयारी छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here