काठमाडाैं ।। संघीय संसदका सांसदले उपसभामुख डा. शिबमाया तुम्बाहाङ्फे नै सभामुख हुनुपर्ने धारणा राखेका छन् । हिजो काठमाण्डौमा आयोजित अन्तरक्रिया कार्यक्रममा वर्तमान उपसभामुख डा. तुम्बाहाङ्फेलाई सभामुख नबनाउने हो भने नेपाली महिलाहरूले एकपटक आन्दोलनका लागि तयार रहनुपर्ने उनीहरुले बताएका हुन् । कार्यक्रममा सांसद बिन्दा पाण्डेले सभामुखको अनुपस्थितीमा कुशलतापूर्वक संसद सञ्चालन गर्ने उपसभामुख सबै पक्षबाट सभामुख हुन योग्य व्यक्ति भएको दाबी गर्नुभयो । पाण्डेले महिला भएकै कारणबाहेक उहाँलाई सभामुख बनाउन नहुने अरु कुनै चित्त बुझ्दो कारण नरहेको बताउनुभयो । सांसद निरुदेवी पालले औपचारिक शिक्षामा विद्यावारिधी हाँसिल गरेको, कानूनको विद्यार्थी र चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय व्यक्तिलाई सभामुख बनाउन पार्टीले आनाकानी गर्नू दुःखद् भएको बताउनुभयो । पालले महिला भएका कारण नभइ, सभामुख हुन योग्य मान्छे भएका कारण पनि डा. तुम्बाहाङ्फेलाई बनाउनुपर्ने धारणा राख्नुभयो । नेपाली राजनीतिमा लिंगको भन्दा लैंगिकताको विषय समस्याको रुपमा रहेकाले समानता कायम गर्न खोज्दा पितृसत्तात्मक सोच हाबी हुने गरेको सांसद निरा जैरुको भनाइ थियो । विगतमा समावेशिताको मुद्दालाई उठाएको नेकपालाई सभामुखमा डा. तुम्बाहाम्फेलाई नै पठाउने र उपसभामुख पनि महिला नै बनाएर नेपाली राजनीति र अन्तर्राष्ट्रियस्तरमा उदाहरण बन्ने सुनौलो अवसर आएको पनि उहाँले बताउनुभयो ।
संघीय संसदका सांसदले उपसभामुख तुम्बाहाङ्फे नै सभामुख हुनुपर्नेमा धारणा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।