काठमाडाैं ।। नेपाली वायुसेवा निगम अझै ६ महिना युरोपेली आकाशमा उडान भर्न नपाउने भएको छ । यूरोपेली यूनियनको कालोसूचिबाट बाहिरिन नसकेपछि नेपालको युरोप उडान तत्कालका लागि स्थगित भएको हो । यूरोपेली यूनियनले यसै साता संसारभरका वायुसेवा कम्पनीका सम्बन्धमा अपडेट गरेको सुरक्षा सूचीमा नेपाललाई पनि निरन्तरता दिएको हो । जसले गर्दा नेपालभित्र दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनी अझै कम्तीमा ६ महिना युरोपको आकाशमा उड्न नपाउने भएका छन् । नेपाल सन् २०१३ देखि ईयूको कालोसूचीमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको गम्भीर सुरक्षा चासोको सूचीबाट हटिसकेका कारण यस पटक नेपाल ईयूको सुरक्षा सूचीबाट पनि हट्ने अपेक्षा सरकारको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here