काठमाडाैं ।। श्रमिकको हकहित संरक्षणका लागि भन्दै सरकारले अघि सारेको सामाजिक सुरक्षा कोष कार्यक्रममा झण्डै १२ हजार रोजगारदाता समावेश भएका छन् । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले श्रमिकहरुबाट २७ करोड १० लाख ७५ हजार २ सय २ रुपैयाँ संकलन समेत भइसकेको जानकारी दिनुभयो । सहभागीका आधारमा प्रदेश नम्बर ३ का सबैभन्दा बढी रोजगारदाता रहेको उहाँले बताउनुभयो । अहिलेसम्म प्रदेश ३ का ७ हजार ८ सय ५८ रोजगारदाता कम्पनी कोषमा आवद्ध भइसकेका छन् । कुल १ लाख ३१ हजार ६ सय ९२ श्रमिकहरु कोषमा सूचीकृत भएकोमा प्रदेश ३ का मात्रै ९४ हजार ८ सय १० जना छन् । प्रदेश नम्बर १ दोस्रो स्थानमा छ । प्रदेशका १ हजार ८ सय रोजगारदाताबाट २१ हजार ३ सय २१ जना श्रमिकले योगदान सुरु गरिसकेका छन् । प्रदेश नम्बर ५ बाट ८ सय ४३ रोजगारदाता कम्पनीका २ हजार ७ सय श्रमिक, गण्डकी प्रदेशका ५ सय ४० रोजगारदाताबाट ४ हजार ७ सय ७१, प्रदेश नम्बर २ का ४ सय ६३ रोजगारदाता कम्पनीका ७ हजार ४ सय ३४ जना, कर्णाली प्रदेशका १ सय १८ रोजगारदाता कम्पनीहरुबाट १ सय ५८ जना र सुदुरपश्चिम प्रदेशका १ सय २२ रोजगारदाता कम्पनीहरुबाट ४ सय ४७ जना श्रमिकहरु सूचीकृत भएर योगदान समेत सुचारु भएको छ । कार्यकारी निर्देशक ज्ञवालीका अनुसार हालसम्म ७४ जिल्लाका रोजगारदाताहरु कोषमा सहभागी भएका छन् । रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् । कोषमा जम्मा हुने रकमबाट श्रमिकलाई पेन्सन र अवकास सुविधा मात्र नभई कार्यस्थलको हुने दुर्घटनाको बीमा, कामदारको उपचार खर्चसहित श्रमिकका आश्रित परिवारका लागि पनि विभिन्न सुविधा घोषणा भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here