काठमाडाैं ।। हिजो साँझ नेपालको पश्चिमी भूभागबाट न्युन चापिय प्रणालीको प्रवेश भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेको छ । यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू भागमा समेत हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले सीआईएनसँग बताउनुभयो । महाशाखाले निकालेको सूचना अनुसार उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ । साथै यस प्रणालीका कारण देशका पश्चिमी भू भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ । बुधबारबाट शुरू भएको यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।
पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातकाे सम्भावना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।