धादिङ ।। धादिङमा पहिलेको तुलनामा अहिले श्रीमान् तथा पुरुषबाट हुने हिंसामा कमी आएको धुनिवेशिका महिलाहरुले बताएका छन् । महिलाहरु आत्मनिर्भर हुनु, शिक्षा, रोजगारीमा पहुँच भएकाले हिंसामा कमी आएको महिलाहरुले बताएका हुन् । तर प्रहरी र विभिन्न गैर सरकारी संस्थाहरुका अनुसार धादिङ जिल्ला लैङ्गिक हिंसाको उच्च जोखिममा रहेको छ । महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल धादिङका अध्यक्ष गायत्री खतिवडाका अनुसार धादिङ्गमा हरेक वर्ष तीनसय जना महिला र बालबालिकामाथि हिंसा भएको उजुरी प्रहरीमा आउने गरेको छ । महिला अधिकारकर्मी र मानव अधिकार रक्षकहरुसँग वर्षेनी दुईसयको हाराहारीमा उजुरी आउने अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हरेक वर्ष सञ्चालन हुने गरेको छ । तर बन्द कोठामा हुने छलफललाई विस्तार गरी सम्बन्धित पीडित र प्रभावितसम्म पु¥याउनुपर्ने माग पनि उठिरहेको छ ।
Home प्रदेश समाचार बागमती प्रदेश धादिङमा पहिलेको तुलनामा अहिले श्रीमान् तथा पुरुषबाट हुने हिंसामा कमी
धादिङमा पहिलेको तुलनामा अहिले श्रीमान् तथा पुरुषबाट हुने हिंसामा कमी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।