अर्घाखाँची ।। अर्घाखाँची जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बढ्दो दुर्घटना न्युनिकरण र जोखिम कम गर्न भन्दै १० चक्के सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । सडक क्षमता भन्दा बढी भार वहन गरेको भन्दै १० चक्के सवारी सञ्चालनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णृराज अधिकारीले जानकारी दिनुभयो । १० टन सडकभार क्षमता भएपनि १० चक्के सवारीले १८ देखि २२ टनसम्म सामग्री बोक्ने गरेको भन्दै सञ्चालनमै रोक लगाएको उहाँले बताउनुभयो । यस्तै अत्यधिक मात्रामा चल्ने टिप्परहरुको चापले मोटरसाइकल तथा पैदलयात्री समेत त्रसित बनेको भन्दै टिप्परहरु एकबाट अर्कोको दुरी कम्तीमा १० मिनेट फरक हुनु पर्ने निर्णय भएको छ । एउटा टिप्पर आउने वित्तिकै अर्को टिप्पर आउन नपाउने गरी निर्णय गरिएको छ । १० मिनेटको दुरीमा टिप्पर सञ्चालन गर्नुपर्ने छ । यस्तै टिप्परहरुले क्षमता भन्दा बढी सामान बोकेमा कारवाही हुने पनि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here