काठमाडौं ।। नेपालले मानव विकास सुचकाङ्कमा सुधार गरेको छ । अघिल्लो वर्ष एकसय ४९ औं स्थानमा रहेको नेपाल यो वर्ष एकसय ४७ औं स्थानमा उक्लिएको छ । हिजो संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । गत वर्ष शुन्य दशमलव ५ ७ ४ अंक रहेको थियो । योसँगै नेपाल मानव विकास सुचकाङ्कमा सार्कमा पाँचौ स्थानमा रहन सफल भएको छ । १ सय ८९ मुलुकमध्ये १ सय ४७ औं स्थानमा नेपाल उक्लिएको हो । यो प्रतिवेदनले शिक्षा, स्वास्थ्य लगायत सम्पूर्ण विकासको गतिको असमानताको बारेमा जानकारी गराएकाले यसले नेपाल सरकारले अब के गर्नुपर्छ भन्ने कुराको मार्गनिर्देशन गराएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सीआईएनसँग बताउनुभयो । शिक्षा, स्वास्थ्य, गरिबी, आम्दानीको अवस्थालाई प्रतिवेदनले अध्ययन गरेको छ । अध्ययनले यी क्षेत्रमा केहि सुधार भएको देखाएको छ । एकसय ८९ मुलुकमध्ये मानव विकास सूचकाङ्कको पहिलो नम्बरमा भने नर्वे रहेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को मानव विकास सुचकाङ्कमा नेपालको शुन्य दशमलव ५ ७ ९ अंक रहेको छ । शैक्षिक क्षेत्रमा पनि अहिले समान पहुँच नभएका कारण, सबै बालबालिका शिक्षाको पहुँचमा पुग्न नसकेको कुरामा यो प्रतिवेदनले ध्यानआकर्षण गराएको छ ।
मानव विकास सुचकाङ्कमा नेपाल १ सय ४७ औं स्थानमा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।