काठमाडाैं ।। कर्णाली प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीहरूको बैँक खाता खोली रकम जम्मा गर्ने अभियान सुरु गरेको छ । चालु आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम र बजेटमा प्रदेश सरकारले ‘बैँक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम घोषणा गरेको थियो । यो कार्यक्रमका लागि कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको हो । स्वीकृत कार्यविधि अनुसार गत साउन यता जन्मिएका छोरीको सरकारले निश्चित रकमसहित बैँक खाता खोलिदिने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा मानबहादुर बिकले सीआइएनसँग बताउनुभयो । यस्तो सुविधा एक दम्पत्तिबाट जन्मिएका बढीमा दुई जना छोरीको हकमा उपलब्ध हुनेछ । संरक्षकको जिम्मामा रहेका छोरीको हकमा भने सीमा तोकिएको छैन । खातामा प्रदेश सरकारले सुरुमा एक हजार र त्यसपछि हरेक महिना पाँच सय रुपैयाँका दरले रकम जम्मा गरिदिनेछ ।
Home प्रदेश समाचार कर्णाली प्रदेश कर्णाली प्रदेशका छोरीहरूको बैँक खाता खोली रकम जम्मा गर्ने अभियान सुरु
कर्णाली प्रदेशका छोरीहरूको बैँक खाता खोली रकम जम्मा गर्ने अभियान सुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।