बारा ।। बारामा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थलको काम कुनैपनि हालतमा रोकिन नहुने सरोकारवालाहरुले बताएका छन् । जंगल क्षेत्रमा विमानस्थल बनाउने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा परेको रिटमाथि छलफलका लागि विमानस्थलको काम तत्काल अघि नबढाउन अन्तरकालिन आदेश जारी भएपछि बाराका सरोकारवालाहरुले यस्तो बताएका हुन् । टाँगियाबस्ती सरोकार समिति, जीतपुरसिमरा सरोकार समिति, कोल्हवी र निजगढका नगरस्तरीय सरोकार समितिले संयुक्त रुपमा आईतबार सिमरामा पत्रकार सम्मेलन गर्दै निजगढ विमानस्थल राष्ट्रको गौरव भएको र हवाई पूर्वाधारमार्फत देश सम्वृद्ध बनाउने आधार भएकाले यसलाई रोक्न नहुने बताएका हुन् । देशका विभिन्न आठ सम्भावित स्थानहरुको प्रारम्भिक अध्ययनपछि छनोट गरिएको सबैभन्दा उपयुक्त र प्राविधिक हिसावले समेत उचित स्थान भएको भन्दै विभिन्न बाहानामा विकासको बाधक बन्नेहरुप्रति सर्वोच्च समेत सचेत बन्नुपर्ने पूर्वमन्त्री पुरुषोत्तम पौडेल बताउनुभयो । उहाँले विभिन्न चरणका अध्ययन, अनुसन्धान र अवलोकन पश्चात निर्माण थालिएको विमानस्थलमा अनावश्यक बखेडा झिकेर विरोध गर्नेहरु देशको हितमा नरहेको उल्लेख गर्नुभयो । पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, सुकदेव खत्री, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले निजगढ विमानस्थलका लागि ५ सय वटा पुराना रुख रहेको जंगल विनाश गर्ने, रुख काट्ने र जंगल क्षेत्रलाई कंक्रिटमा परिणत गर्ने गरी सरकारले गरेको निर्णय अमान्य र बदर घोषित गर्न माग गर्दै सार्वजनिक सरोकारको रिट दायर गरेका थिए ।
Home प्रदेश समाचार मधेश प्रदेश बारामा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल रोकिनु हुँदैन ः सरोकारवाला
बारामा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल रोकिनु हुँदैन ः सरोकारवाला
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।