नवलपुर ।। नवलपुर पूर्वी नवलपरासीका सामुदायिक तथा सरकारी विद्यालयहरुमा दिवा खाजा कार्यक्रम लागु गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति दर बढाउनका लागि विद्यार्थीको संख्यामा समेत वृद्धि गराउने उद्देश्यले दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख कृष्ण चन्द्र पोखरेलले बताउनुभयो । नेपाल सरकारको शिक्षा मन्त्रालयले पूर्वी नवलपरासी सहित देशभरका २१ जिल्लामा दिवा खाजा कार्यक्रम सञ्चालनका लागि बजेट पठाएको हो । नवलपुरमा रहेका करिब ३ सय १२ वटा सामुदायिक विद्यालयका ४४ हजार पाँच सय विद्यार्थीहरुका लागि दैनिक दिवा खाजा सञ्चालन गरिएको पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रति विद्यार्थी दैनिक १५ रुपैयाँका दरले विद्यार्थीहरुलाई विद्यालयमै पौष्टिक आहारयुक्त खाजा खुवाउने गरी कार्यक्रम सञ्चालन गरिएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here