बाँके ।। ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु पछि कोहलपुर तनावग्रस्त बनेका छन् । कोहलपुर–१० स्थित त्रिभुवन माविका विद्यार्थी प्रकृती चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो । ट्रकले किचेर घाइते भएकी बालिकाको मृत्यु भएपछि प्रर्दशन शुरु भएको थियो । स्थानीयहरुले ट्रकमा आगजनी गरेका छन् । आइतबार बिहान देखि जारी प्रर्दशनले उग्र रुप लिएपछि स्थानीय र प्रहरीबीच ढुंगा हानाहान हुदाँ डिएसपी हेमबहादुर शाही सहित ७ जना प्रहरी घाईते भएका छन् । झडपमा दर्जनौ भन्दा बढि विद्यार्थी घाईते भएका छन् । आन्दोलन अनियन्त्रित बनेको छ । प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन । आन्दोलन चर्किएपछि बाँकेमा कफर्य लगाईएको छ । कोहलपुरका केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त भट्टराईले जानकारी दिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here