कालिकोट ।। कर्णाली प्रदेश सरकारले छोरीको बैंक खाता खोल्ने प्रक्रिया शुरु गरेको छ । छोरीलाई कम्तिमा माध्यमिक तहसम्मको अध्ययन ग्यारेन्टीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छोरीलाई बैंक खाता कार्यक्रम ल्याएको हो । चालू आर्थिक वर्षको साउनदेखि कर्णालीमा जन्मेका छोरीहरुका लागि ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ नाम दिइएको यो कार्यक्रम लागू हुने बताइएको छ । कार्यक्रमअन्तर्गत पहिलो महिना एक हजार र दोस्रो महिनादेखि २० वर्षसम्म मासिक पाँच सय रुपैयाँका दरले प्रदेश सरकारले छोरीको बैंक खातामा रकम जम्मा गरिदिनेछ । यस हिसाबले छोरी २० वर्ष पुग्दा १ लाख २० हजार पाँच सय रुपैयाँ जम्मा हुन आउँछ । कर्णालीमा उमेर नपुग्दै छोरीहरुको विवाह गराइदिने प्रचलन छ । सानै उमेरमा विवाह हुँदा छोरीहरुले पढ्न पाउँदैनन् । त्यसकारण छोरीका लागि यो कार्यक्रम ल्याइएको प्रदेश सरकारको भनाइ छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here