गुल्मी ।। गुल्मीका स्थानीय सरकारहरुले रेशम खेतीमा चासो देखाएका छन् । गुल्मीको मुसिकोट नगरपालिका, छत्रकोट गाउँपालिका, रुरु गाउँपालिकासहितका स्थानीय तहहरुले रेशम खेतीको विषयमा अध्ययन तथा परामर्श सुरु गरेका हुन् । मुसिकोट नगरपालिका, रुरु गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरवार गाउँपालिका, रेसुङ्गा नगरपालिका लगायतका क्षेत्रमा किम्बु खेती पनि राम्रो हुने भएको कारण रेशम खेतीको सम्भावना रहेको बताइएको छ । यी क्षेत्रहरुमा जग्गा पनि बाँझो रहेको कारण खाली जग्गाहरुमा किम्बु लगाउनाले जग्गाको सदुपयोगसँगै रेशम खेतीबाट स्थानीय तहको आम्दानी बढाउन सकिने स्थानीय सरकारको विश्वास छ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व कृृषिमन्त्री हरि पराजुली, प्रदेश नम्बर ५ का बिशेषाधिकार समितिका संयोजक कमलराज श्रेष्ठसहितको टोलीले गुल्मीमा रेशम खेतीको विषयमा स्थानीय सरकारहरुसँग छलफल गर्नुका साथै परामर्श पनि गरेको छ । रेशम खेतीका विज्ञ समेत रहनुभएका पूर्वमन्त्री पराजुलीले गुल्मीमा प्रशस्त मात्रामा खाली जग्गाहरु रहेका र अधिकांश क्षेत्रमा किम्बु खेती गर्न सकिने भएका कारण रेशम खेतीको राम्रो सम्भावना रहेको बताउनुभयो । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले रेशम खेती गरी नगरपालिकाको आर्थिक आम्दानी बढाउनेगरी योजना बनाएको र त्यसको अध्ययन सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिका भित्रमा करिब ६ हेक्टर क्षेत्रफलमा रेशम खेती गर्न सकिनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here