काठमाडाैं ।। नेपालको मानव अधिकारको वर्तमान अवस्थाका बारेमा छलफल गर्न आजदेखि काठमाडौँमा ११ औं मानव अधिकार राष्ट्रिय महाभेला हुने भएको छ । सन् २००९ बाट नेपालमा मनाउन थालिएको महाभेला यसपटक सप्ताहव्यापी रुपमा मनाउन थालिएको हिजो पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो । गैर सरकारी संस्था महासंघ नेपालका अनुसार ‘दिगो विकासको आधार, सबैका लागि मानवअधिकार’ भन्ने नाराका साथ मनाउन लागिएको महाभेलामा २ सयभन्दा बढी मानवअधिकार क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले सहभागिता जनाउने छन् । ७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपालमा मानव अधिकार राष्ट्रिय महाभेलाको आयोजना गर्न लागिएको महासंघका महासचिव रामप्रसाद सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो । आजबाट सुरु हुने महाभेलाको उद्घाटन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गले बिहान साढे ११ बजे काठमाडौंको नाँचघरमा गर्नुहुनेछ । महाभेलाको अवसर पारेर गैर सरकारी संस्था महासंघले यो वर्षदेखि ३ वटा सम्मान र पुरुस्कार पनि वितरण गर्ने भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here