काठमाडाैं ।। देशभरी मौसम परिवर्तनसँगै चिसो बढेको छ । काठमाण्डौंको तापक्रम आज निकै तल झरेको छ । आज बिहान काठमाण्डुको तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यो यस वर्षकै कम तापक्रम हो । हिजो भन्दा एक डिग्री घटेको छ । यसअघि बिहीबार काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । राति काठमाण्डौको मौसम सफा भएकाले बिहानको तापक्रम घटेको हो । देशभरीका अरु क्षेत्रमा पनि तापक्रम बिहान घटिरहेको छ । आज पश्चिमी पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली हुने तथा अरु ठाउँको मौसम आशिंक बदली हुने मौसमविद्ले अनुमान गरेका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here