काठमाडाैं ।। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले उपनिर्वाचनका समयमा राजनीतिक दलहरुबाट आचारसंहिता पालना नभएको निष्कर्ष निकालेको छ । उपनिर्वाचन २०७६ को अन्तिम पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै समितिले यस्तो बताएको हो । आचारसंहिता उल्लङ्घन गर्ने दललाई कारवाही गर्नुको सट्टा निर्वाचन आयोग राजनीतिक दललाई सचेत गराउनमा मात्रै सिमिति रहेको समितिको भनाइ छ । निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मतदान अधिकृतमा केही कमिकमजोरी देखिएको बताउनुभयो । सीआईएनसँग कुराकानी गर्दै यादवले निर्वाचन कुन समय गर्ने भन्ने कुरा ऐन् नियममै उल्लेख हुनुपर्ने सुझाव समेत दिनुभयो । समितिले मतदातालाई प्रभावित पार्न धेरै ठाउँहरूमा समूहिक भोज र मदिरासमेत खुवाएको पाइएको र उम्मेदवारले प्रयोग गर्ने सवारीसाधनमा मतदातालाई ओसार पोसार गरेको पाइएको समितिको प्रतिवेदनमा उल्लेख छ । समितिले मतदाता नामावलीलाई नियमित अद्यावधिक गरिनुपर्ने, निर्वाचनको समयमा बाहेक नियमित रुपमा नागरिक शिक्षा दिनुपर्ने, आचार संहिताको पालना गराउन दण्ड प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने तथा खर्चको पारदर्शिता र शुद्धता कायम हुनुपर्ने सुझाव दिएको छ । १ प्रतिनिधिसभा, ३ प्रदेशसभा र ४८ स्थानीय तहमा गरि ५२ रिक्त पदका लागि मंसिर १४ गते उपनिर्वाचन भएको थियो ।
उपनिर्वाचनमा दलहरूबाट आचारसंहिताको उल्लङ्घन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।