काठमाडाैं ।। दलहरू यही मंसिर १४ मा भएको उपनिर्वाचनको समीक्षामा केन्द्रित भएका छन् । १ प्रतिनिधिसभा, ३ प्रदेशसभा र ४८ स्थानीय तहमा ५२ रिक्त पदका लागि उपनिर्वाचन भएको थियो । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ भने नेकपाले सचिवालयको बैठक बोलाएको छ । सत्तारुढ नेकपाले निर्वाचन भएका क्षेत्र र स्थानीय तहका पार्टी कमिटीलाई यही मंसिर २३ गतेभन्दा अगाडि चुनावी समीक्षात्मक प्रतिवेदन पठाउन निर्देशन दिएको छ । उपनिर्वाचन समीक्षा र पार्टी सङ्गठनबारे छलफल गर्न यही मंसिर २३ गते सचिवालयको बैठक बस्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नेपाली काँग्रेसले यही मंसिर २६ गतेका लागि केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ । गत १४ मंसिरमा भएको उपनिर्वाचन र समसामयिक राजनीतिका विषयमा छलफल गर्न केन्द्रिय कार्यसमिति बैठक बोलाइएको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here