काठमाडौं ।। अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा रहनुभएका कमला ह्यारिसले चुनाव नलड्ने घोषणा गर्नुभएको छ । क्यालिफोर्नियाका सिनेटर ह्यारिसले उम्मेदवारी प्राप्त गर्ने अभियानको सुरु गर्दाजस्तो समर्थन नदेखेपछि चुनावी मैदानबाट बाहिरिने घोषणा गर्नुभएको हो । गत जनवरीमा ह्यारिसले उम्मेदवारी घोषणा गर्दा उहाँको समर्थनमा धेरै मानिस रहेको देखिएको थियो । तर अभियान चल्दै जाँदा र धेरै नेताहरुको दाबी रहेकाले कमलाले यो निर्णय गर्नुभएको बीबीसीले जनाएको छ । ५५ वर्षका ह्यारिस राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचक हुनुहुन्छ । उहाँलाई डेमोक्र्याटिक पार्टीभित्र लोकप्रिय हुँदै गएको नेताका रुपमा हेरिएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।