रुपन्देही ।। प्रदेश नम्बर ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्विनी क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि बुद्धसँग जोडिएको क्षेत्रहरुको एकीकृत विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । पर्यटन प्रवद्र्धनका लागि लुम्विनीको मात्र नभई बुद्धसँग जोडिएका तिलौराकोेट, देवदह, नवलपरासीको रामग्राम स्तुपको साथै भारतको कुशिनगर तथा बोधगयालगायतको क्षेत्रको पनि प्रचारप्रसार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश ५ द्वारा हिजो लुम्विनीमा आयोजित लुम्विनी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरोकारवाला समूहसंग छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले पर्यटकको संख्या बढाउनु नै लुम्विनी भ्रमण वर्ष २०७६ को मुख्य उद्देश्य रहेको र यसका लागि प्रदेश सरकारले प्रदेशभरीका स्थानिय तह, विद्यालय, सामुदायिक वन तथा अन्य संघसंस्थाहरुको समन्वयमा योजना तथा कामहरु अगाडि बढाइएको जानकारी दिनुभयो ।
Home मुख्य समाचार पर्यटन प्रवद्र्धनका लागि बुद्धसँग जोडिएको क्षेत्रहरुको एकीकृत विकास गर्नुपर्छ ः मन्त्री गिरी
पर्यटन प्रवद्र्धनका लागि बुद्धसँग जोडिएको क्षेत्रहरुको एकीकृत विकास गर्नुपर्छ ः मन्त्री गिरी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।