सिन्धुपाल्चोक ।। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको वडा नम्बर ८ को अध्यक्षका लागि भएको उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएको छ । नेकपाका केदारनाथ आचार्यले नेपाली कांग्रेसका अशोक तामाङलाई ७ सय १२ मत ल्याएर पराजित गर्नुभएको हो । इन्द्रावती गाउँपालिका ८ मा भएको उपचुनावमा एक हजार एक सय ७५ मत खसेको थियो । त्यसमध्ये १२ मत बदर भएको थियो । एक हजार चार सय ४ मतदाता रहेकोमा ८३.६९ प्रतिशत मत खसेको थियो । वडा नम्बर ८ मा यसअघि कांग्रेसले जितेको थियो । वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधन भएपछि ८ मा पुनः चुनाव भएको हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।