बाजुरा ।। त्रिवेणी नगरपालिका–१ छतारामा नेकपाका मनराज बुढा बिजयी हुनु भएको छ । नेपाली कांग्रेसबाट उम्मेदबार बन्नुभएका खगेन्द्र चदारालाई २० मतले पराजित गर्दै बुढा अध्यक्षमा बिजयी हुनुभएको हो । बुढाले ३ सय ६७ मत प्राप्त गर्नुभएको छ । त्रिवेणी नगरपालिका १ मा रहेको छतारादेवी आधारभुत विद्यालयमा भएको उप निर्वाचनमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो । वडामा रहेका एक हजार ३९ जना मतदाता मध्ये ७ सय २७ मत खसेको थियो । तत्कालिन वडा अध्यक्ष खम्म नेपालीको २०७५ अषाढ १३ गते जीप दुर्घटना परी मृत्यु भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here