रौतहट ।। रौतहटको गढिमाई नगरपालिका वार्ड नं. २ को वडाध्यक्षको उपचुनावमा ८५.०१ प्रतिशत मत खसेको छ । आज सनिवार ५२ सिटको लागि निर्वाचना आयोग नेपालले गराएको उपनिर्वाचन विहान ७ बजेदेखि सुरु भएको मतदाना निर्धारित समय ५ बजे सम्पन्न भएको थियो ।
१ हजार ८ सय ३३ मतदाता रहेको गढीमाई नपाको २ नं. वडामा मध्ये एक हजार ५ सय ४९ जनाले मतदान गरिएको निर्वाचन आयोग नेपाल रौतहटका प्रमुख छोटेलाल दासले जानकारी गराएको छ ।
उक्त वडाको उपचुनावका लागि ३ वटा मतदान केन्द्र तोकिएको र सवै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको मूख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।
मतपेटीका शंकर गुदरमा मावीमा राखी साझ ७ बजे देखि मत गणना गरिने निर्वाचन प्रमुख दासले जानकारी गराएकाे हो ।
मतदानमा मतदाताको उत्साहजनक सहभागिता रहेको थियो । एक वडा अध्यक्ष पदको लागि ११ जनाको उम्मेदवार रहेका छन् ।
Home प्रदेश समाचार मधेश प्रदेश गढीमाई नपा. २ मा ८५ .०१ प्रतिशत मत खस्यो, शान्तिपूर्ण निर्वाचन सम्पन्न
गढीमाई नपा. २ मा ८५ .०१ प्रतिशत मत खस्यो, शान्तिपूर्ण निर्वाचन सम्पन्न
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।