रौतहट ।। नेपाल सरकार तथा वेलायत सरकारको आर्थिक सहयोगमा नेपाल ग्रामीण पुनर्निमाण संस्था (आरआरएन) द्धारा संचालित सामुदायिक विकास कार्यक्रमबाट रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ५बडहर्वामा निर्मीत स्वास्थ्य चौकी भवनको एक कार्यक्रम बीच उदघाटन गरिएको छ ।
नेपाली काग्रेस रौतहतका सभापति एवं पुर्व सासद कृष्णा प्रसाद यादव र दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण कुमार साहले संयुक्त रुपमा उक्त स्वास्थ्य चौकी भवनको उदघाटन गरेका हुन ।
सामुदायिक विकास कार्यक्रमको २९ लाख ६९ हजार १ सय ८५ रुपैया र दुर्गा भगवती गाउँपालिकाको १ लाख ६२ हजार ७ सय ५० रुपैया गरि कुल ३१ लाख ३१ हजार ९ सय ३५ रुपैयाको लागतमा बरण्डा सहितको ३ कोठे भवन उदघाटन भएको हो । उदघाटन समारोहलाई सम्वोधन गर्दै सभापति यादवले स्वास्थ्य चौकीको स्थापना भएपछि गरिव, असहाय, वाढीपिडितहरुलाई स्वास्थ्य सेवा लिन सहज हुने बताएका छन ।
कार्यक्रममा स्वास्थ्य चौकीलाई अति आवश्यक फर्निचर तथा स्वास्थ्य जाचमा सहयोग पुग्ने सामाग्री सहित हस्तनान्तरण गरिएको छ ।
स्वास्थ्य चौकीलाइ हुव्युल चेयर ३ थान, दराज ३ थान, प्लास्टीक कुर्सी १५ थान, टेबुल ३ थान, ट्रली १ थान, डेलेभरी वेड १ थान, ड्रेसिङग टेवल १ थान, जेनेरल बेड ३ थान, स्टील रैक ३ थान, ट्रेली लाईट, डेलेभरी सेट १ थान, आला सेट १ थान लगायतको रु. ३ लाख ९६ हजार २ सय ४६ रुपैयाको समाग्री समेत हस्तानान्तरण गरिएको सामुदायिक विकास कार्यक्रमका संयोजक लिलबहादुर कार्कीले जानकारी दिएका छन ।
निर्माण समितिका अध्यक्ष नवल किशोर साहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा स्थानिय बुद्धिजिवि तथा भद्रभलादमीहरुको सहभागीता रहेको थियो । सो अवसरमा सहयोगी संस्थालाई प्रतिनिधि संयोजक लिलबहादुर कार्कीलाई गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष धर्मनाथ प्रसाद चौधरीले खादा र सम्मान पत्र सहित सम्मान गर्नु भएको
थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here