बारा ।। बाराको निजगढ–५ स्थित उनासी पुलमा यात्रुबाहक बस पुलबाट तल खसेको छ । जनकपुरबाट आज बिहान छुटेको ना४ख७९९० यात्रुबाहक बस पुलबाट करिब १० फिट तल खसेको छ । बस खसेर पलटिदा बसमा सवार २५ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय निजगढ सामुदायिक अस्पतालमा प्रसतुति गृहमा पुरियाइएको छ । भने घाइतेमध्ये १९ जनालाई विरगंजका विभिन्न अस्पतालमा रिफर गरिएको छ । तीवर गतिमा रहेका कारणले अनियन्त्रित भएर बस पुलबाट खसेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक विकाश थापाले जानकारी दिनुभएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।