कञ्चपुर ।। मेटरसाइकल ओभरटेक गरेको भन्दै कञ्चनपुरमा एक युवको हत्या गरिएको छ । महाकाली नगरपालिका–३ का २२ वर्षीय दीपक पन्तको कुटपिट गरी हत्या भएको हो ।
महेन्द्रनगरबाट दोधारा चाँदनी जाने क्रममा मोटरसाइकल ‘ओभरटेक’ गरेको भन्दै भीमदत्त नगरपालिका–१८ मा चार जनाको समूहले पन्तमाथि चक्कु र हेलमेट प्रहार गरी हत्या गरेका हुन् ।
पन्तको हत्याको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–१५ गोबरैयाका १९ वर्षीय विनोद बोहरा, २२ वर्षीय मनिष नाथ, २० वर्षीय नवीन सिंह र जानकी टोलका २२ वर्षीय गणेश लुहारलाई पक्राउ गरेको छ ।
बिहीबार घरबाट बुवा विशन पन्तलाई मोटरसाइकलमा राखेर महेन्द्रनगर बजार आएका दिपकलाई घर फर्किने क्रममा मोटरसाइकल रोकेर चार जनाको समूहले कुटपिट गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here