काठमाडौं ।। १३ आंै दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल आज भारतसँगै खेल्दैछ । नेपालको पुरुष भलिबल टोलीले समूह चरणको अन्तिम खेलमा दक्षिण एसियाली भलिबलको पावर हाउस भारतसंग खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । समूह एको पहिलो खेलमा नेपाली टिम बंगलादेशसंग पराजित भएको थियो । अग्रतालाई जोगाउन नसक्दा नेपाली टिम बंगलादेशसंग ३–२ को सेटमा पराजित बनेको थियो । नेपाललाई सेमिफाईनलको आश जिवित राख्न भारतलाई जित्नै पर्ने दवाब छ । नेपाली टिम यसअघि भारतसंग पराजित हुदै आएको छ । सागको तयारीका लागि भारतमा गएको नेपाली टिमले भारतको राष्ट्रिय भलिबल टिमसंग तीन मैत्रीपूर्ण म्याच खेलेको थियो । तर नेपाली टिम तीनै वटा खेलमा सोझो सेटमा पराजित भएको थियो ।साग खेलकुदमा पुरुष भलिबल पदक विहिन छ । आजै हुने समूह बीको खेलमा श्रीलंका र माल्दिभ्स राति ७ बजे खेल्नेछ ।
साग पुरुष भलिबल–आज नेपाल भारतसँग खेल्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।