दाङ ।। देउखुरीको मुख्य व्यापारिक केन्द्र लमहीमा सर्पदंश उपचार केन्द्र भवन निर्माण हुने भएको छ । लामो समयदेखि बहसमै सिमित रहेको सर्पदंश उपचार केन्द्रले अब पूर्णता पाउने भएको हो । भवनको हिजो शिलान्यास गरिएको छ । लमही अस्पताल नजिकै बन्ने सर्पदंश उपचार केन्द्रबाट पश्चिममा बाँकेदेखि पूर्वमा कपिलवस्तु सम्मका नागरिक सेवा लिन सक्नेछन् । देउखुरीमा सर्पको टोकाइबाट वर्षेनी ५० देखि ६० जनाको मृत्यु हुने गरेको छ । सर्पदंश भवनको शिलान्यास गर्दै लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले अब सर्पको टोकाइबाट अकालमा कसैको पनि मृत्यु नहुने बताउनुभयो । लमही नगरपालिकाका इञ्जिनियर विजयदेव चौधरीले सर्पदंश उपचार केन्द्र भवनको निर्माण २०७७ साल साउन ६ गतेसम्म सम्पन्न हुने जानकारी दिनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।