पर्वत ।। कालीगण्डकी नदीमाथी निर्माणाधिन कुश्मा बलेवामा बञ्जीजम्प सुरु गरिने भएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२० को अवसरमा बञ्जीजम्प सञ्चालन गरिने तयारी भइरहेको छ । सरकारले घोषणा गरेको पर्यटन वर्ष र प्रदेश सरकारले मनाईरहेको आन्तरिक भ्रमण वर्षलाई मध्यनजर गर्दै विश्वकै नमूना यो बञ्जीजम्प नयाँ वर्षको उपहारको रुपमा सञ्चालन गर्न लागिएको हो । पर्वतको कुश्माबाट बागलुङको बलेवा जोड्ने गरि नदीमाथी बञ्जी बनाईँदै छ । करिव २० करोड लगानीमा बनाईएको साहसिक पर्यटनको यो बञ्जी पर्यटनको मुख्य गन्तव्य बन्ने विश्वास गरिएको छ । कालीगण्डकीको खोंचमाथि ५ सय २५ मिटर लामो स्टीलको पुल बनिसकेको छ । नौलो प्रविधिको लठ्ठामा झुण्ड्याइएको पुलबाट साढे दुई सय मिटर तल बगेको कालीगण्डकीको बिचमा बञ्जी गर्न मिल्नेगरि प्राविधिकहरु निर्माणमा व्यस्त छन् । २०७३ वैसाखमा शुरु बञ्जी सहित रिसोर्टका संरचनाको निर्माणकार्य करिव ९५ प्रतिशत सम्पन्न भइसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here