अछाम ।। अछामका स्थानीय तहहरू दिगो विकासको लक्ष्य पूरा गर्न सक्रिय भएका छन् । सरकारले राखेको १७ वटा दिगो विकास लक्ष्य पूरा गर्न स्थानीय सरकार सक्रिय भएका हुन् । शून्य भोकमरी गरिबीविहीन, गुणस्तरीय शिक्षालगायत १७ लक्ष्य पूरा गर्न स्थानीय सरकार सक्रिय भएका हुन् । दिगो विकास लक्ष्यले निर्धारण गरेका हरेक क्षेत्रको समान विकास र समान पहुँचका लागि स्थानीय सरकारलाई नागरिकले पनि सुझाव दिने गरेका छन् । अछाम दुर्गम जिल्लाको सूचीमा परे पनि सरकारको लक्ष्यलाई पूरा गर्न आफूहरूले विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको मेल्लेख गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराले बताउनुभयो । मंगलसेन नगरपालिका नगरप्रमुख पदम बहादुर बोहरा दिगो विकासको लक्ष्य पूरा गर्ने गरी काम गरिरहेको बताउनुहुन्छ । देशको हरेक क्षेत्रका नागरिकको समान विकास र पहुँचको लागि सन् २०३० सम्म पूरा गर्ने गरी निर्धारण गरिएका दिगो विकासका लक्ष्यप्रति प्रतिवद्धता रहेको स्थानीय सरकारको भनाइ छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here