काठमाडौं ।। कालोबजारी बढेको निश्कर्ष निकाल्दै प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बजार अनुगमन सुरु गर्ने भएको छ । उपभोक्ताले दैनिक प्रयोग गर्ने खाद्य वस्तुको मूल्य अत्यधिक बढेको पाइएकाले बजार अनुगमन गर्न समितिबम सदस्य नरबहादुर धामीको संयोजकत्वमा सात सदस्यीय अनुगमन उपसमिति गठन गरिएको छ । हिजो बसेको समितिको बैठकले उपसमिति गठन गरेको हो । उपसमितिले दूध, पानी, दाल, चामल, तेल, औषधीलगायतका उपभोग्य वस्तुमा भइरहेको कालोबजारी, मूल्यवृद्धि, गुणस्तर लगायतको अनुगमन गर्ने उपसमिति संयोजक धामीले सीआइएनसँग बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here