।। मन्त्रालय हेरफेर तथा राज्यमन्त्रीलाई पदच्युतका विषयमा समाजवादी पार्टीभित्र अन्योल देखिएको छ । पछिल्ला घटनाक्रमबारे समाजबादीले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक भने गरिसकेको छैन । अध्यक्ष उपेन्द्र यादवले आफूनिकट केही नेतालाई मन्त्रालय हेरफेर आफ्नो सल्लाहमै भएको जवाफ दिएको पार्टी स्रोतले जनाएको छ । संविधान संशोधन र कानुन निर्माणमा सहयोग पुग्ने गरी कानुन तथा संसदीय मामिला मन्त्रालय नै मागेको र सोही अनुसार पाएको अध्यक्ष यादव निकट नेताहरुले बताएका छन् । यद्यपी पार्टीका नेता तथा कार्यकर्ताहरुले मन्त्रालय हेरफेर तथा राज्यमन्त्रीको पदच्युतबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा कुनै छलफल नगरेको बताएका छन् । सीआईएनसँग कुरा गर्दै नेता अशोक राईले दुई अध्यक्ष र आफ्नो कार्यव्यस्तताका कारण संवाद हुन नपाएको र चाँडै छलफल गरेर आधिकारिक धारणा सार्बजनिक गर्ने बताउनुभयो । अध्यक्ष यादवले सम्हालेको स्वास्थ्य मन्त्रालय पुनर्गठन गर्दा भानुभक्त ढकालको जिम्मामा पुगेको छ भने कानुन मन्त्रालय यादवको भागमा परेको छ । त्यस्तै स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई पदच्युत र इस्तियाक राइले सम्हाल्दै आएको शहरी विकास मन्त्रालयको राज्यमन्त्रीमा नेकपाका रामवीर मानन्धरलाई पठाइएको छ । सरकारमा रहेर सविधान संशोधन तथा मधेशी, आदिवासी जनजाति, पिछडा वर्गको माग पुरा नहुने भन्दै सविधान संशोधन लगायतका माग पुरा गराउन सरकार छाड्नु राम्रो हुने समाजबादीका कतिपय नेताले बताउँदै आएका छन् ।
मन्त्रालय हेरफेर तथा राज्यमन्त्रीलाई पदच्युतका विषयमा समाजवादी पार्टीभित्र अन्योल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।