काठमाडौं ।। पूर्व सभामुख कृष्णबहादुर महरा कारागार चलान भएसँगै खाली रहेको सभामुख पद पूर्तिका लागि नेकपाले आन्तरिक तयारी थालेको छ । मन्त्रीपरिषद् पुर्नगठन गरेपछि नेकपाका शिर्ष नेता अब सभामुख कसलाई बनाउने भन्नेमा केन्द्रीत हुन थालेका छन् । यसअघि तत्कालिन माओवादी पक्षबाट सभामुख बनेका महरा संसद सचिवालयका कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा कारागार चलान भएपछि अब कसलाई सभामुख बनाउने भन्नेमा नेकपाभित्र मतभेद छ । पूर्व एमालेका तर्फबाट उपसभामुख बन्नुभएका शिबमाया तुम्बाहाम्फेलाई राजीनामा दिन नेकपाका नेताहरुले दबाब दिंदै आएका छन्, तर तुम्बाहाम्फेले राजीनामा दिन अस्वीकार गर्दै आउनुभएको छ । तुम्बाहाम्फेलाई पार्टीका महिला नेताहरुले राजीनामा नदिन आग्रह गर्दै आएका छन् । संविधानमा सभामुख र उपसभामुख एकै दलको हुन नसक्ने व्यवस्था भएकाले नेकपाले तुम्बाहाम्फेलाई राजीनामा गराएर उपसभामुख अर्को दललाइ दिने र सभामुखमा अर्को नेता लैजाने तयारी गरेको छ । तर उपसभामुखले स्वतः आफू सभामुख हुन पाउने आसय सहित राजीनामा नदिएपछि सभामुख छान्न नेकपालाई सकस परेको छ । अब, नेकपासँग अर्को दललाइ सभामुमख पद दिने वा उपसभाुमख तुम्बाहाम्फेलाई सभामुख बनाइ उपसभामुख अर्को दललाइ दिने दुइ बिकल्प रहेको छ । तुम्बाहाम्फेलाई मनाउन सके नेकपालाई सरकार गठनमा सघाएको समाजवादी वा राजपालाई पनि सभामुख वा उपसभामुख दिन सक्ने सम्भावना रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here