काठमाडौं ।। सरकारले निजी प्रयोजनमा दर्ता भएका सवारीसाधनलाई सार्वजनिक प्रयोग नगर्न चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै कानूनको उल्लंघन गरी निजी प्रयोजनमा दर्ता भएका सवारीसाधनले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जनाएको हो । निजी सवारीलाई पनि भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा बन्द गर्नुपर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले सीआईएनसँग बताउनुभयो । विभागले कानूनमा लेखिएको कुरा कार्यान्वयन गर्न लागिएको जनाउदैँ कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारबाही थालिने स्पष्ट पारेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here