रौतहट ।। नेकपा प्रदेश नं. २ का अध्यक्ष नेता तथा पूर्वमन्त्री प्रभु साहले ओली सरकार पुनर्गठनप्रति असन्तुष्टि जनाउँदै, आफू लज्जित भएको बताएका छन् ।
कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने भए पनि गुटगत पूर्वाग्रह र लेनदेनको आधारमा गरिएको मन्त्रीका आकांक्षीसमेत रहेका साहले आरोप लगाएका छन् । योग्यहरूलाई हटाएर अयोग्यलाई मन्त्री बनाइएको साहको दाबी छ ।
‘कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो’, साहले फेसबुकमा लेखेका छन, ‘मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन ।’
मन्त्रिपरिषद् पुनर्गठनमा सामान्य कम्युनिष्ट मूल्य मान्यतासमेत अवलम्बन नगरिएको भन्दै यसबाट आफू लज्जित भएको उनले बताएका छन् । ‘योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरि एकचोटी लञ्जित भएका छौं’, उनले लेखेका छन् ।
नेकपा प्रदेश २ को अध्यक्षसमेत रहेका प्रभु साहले मन्त्री बन्न लबिङ गर्दै आएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषदमा उनी परेनन् । ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका छन् ।
ओलीको मन्त्रिपरिषद् पुनर्गठन लेनदेनको अधारमा :- प्रभु साह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।