काठमाडौं ।। सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा सिफारिस पदाधिकारीहरूको नाम सार्वजनिक भएको छ । पदाधिकारी चयन गर्न हिजो बसेको सिफारिस समितिको बैठकको निर्णयअनुसार आज दुई आयोगका अध्यक्ष तथा सदस्यहरूमा सिफारिस ६१ जनाको नाम सार्वजनिक भएको हो । अध्यक्षका लागि १३ जनाको नाम सिफारिस गरिएको छ । सिफारिसमा परेका नामहरूको विषयमा कुनै प्रतिक्रिया भए पाँच दिनभित्र सिफारिस समितिको सचिवालयमा सूचना दिन भनिएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । चारजनाको नाम विभिन्न संघसंथाबाट र ५३ जनाले आफैं आवेदन दिएको र उनिहरुमध्ये केही व्यक्तिको नाम हटाइएको समितिका सदस्य शर्मिला कार्कीले जानकारी दिनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।