काठमाडौंं ।। समाजवादी पार्टीले सरकार छाड्नेबारे निर्णय गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ । पार्टीको शुक्रबार र शनिबार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । सरकारबारे सबै पक्ष समय ख्याल राख्दै, कहिले कुन तरिकाबाट छोड्ने भन्ने अन्तिम निर्णय गर्ने जिम्मा पदाधिकारीलाई दिएको प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार राजपासँग गर्ने भनिएको पार्टी एकताबारे पनि कार्यकारिणी समितिले नै निर्णय गर्ने छ । पदाधिकारी बैठक सम्भवत आइतबार नै बस्ने छ । पार्टीको संघीय परिषद् बैठक बिहीबार बसेको थियो । सो बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो । आफ्नो प्रतिवेदनमा उहाँले सरकारमा संलग्नताबारे गम्भीर समीक्षा जरुरी रहेको बताउनुभएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here