बारा ।। बारा जिल्लामा प्रत्येक पाँच पाँच वर्षमा लाग्ने गढीमाई मेलामा पर्यटन वर्ष २०२० लाई लक्षित गरि विषेश तयारी सुरु भएको छ । आन्तरिक र बाह्य पर्यटकका दृष्टिकोणले चर्चित रहेको गढीमाई मेलाले पर्यटन वर्षलाई पनि सहयोग पुग्ने प्रदेश सरकारले जनाएको हो । प्रदेश नम्बर दुइको बारा जिल्लामा रहेको गढीमाई मन्दिरमा यो वर्ष अन्य वर्षको तुलनामा बढी पर्यटक र दर्शनार्थी आउने अनुमान गरिएको मन्दिर विकास समितिले जनाएको छ । प्रदेश सरकारले पनि गढीमाई मेलाको तयारी, सुरक्षा व्यवस्थाका काम गरिरहेको र केन्द्र सरकारसँग पनि समन्वय भइरहेको प्रदेश २ का उद्योग, वन तथा पर्यटनमन्त्री राम नरेश राय यादवले सीआईएनलाई जानकारी दिनुभयो । आजबाट औपचारिक रुपमा सुरु हुने मेला मंसिर मसान्तसम्म चल्नेछ । बरियारपुरको खुल्ला चौरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आदिर्देविक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास रहेको छ । मंसिर १ गतेबाट सुरु हुने मेलामा एक सातापछि ७ प्रजातिका जनावरको बली दिने प्रथा रहेको छ । मेलामा नेपालकै विभिन्न जिल्ला सहित भारतबाट पनि हजारौंको संख्यामा श्रद्धालुहरु दर्शन गर्न आउने गर्छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here