।। श्रीलंकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । श्रीलंकामा जारी धार्मिक तनाव न्यूनिकरण र मन्दी रहेको अर्थतन्त्र सुधारका लागि यो निर्वाचन महत्वपूर्ण हुने अनुमान गरिएको छ । निर्वाचनका लागि पूर्व राष्ट्रपति महिन्द्रा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र सत्तारुढ संयुक्त राष्ट्रिय पार्टीका उम्मेद्वार साजिस प्रेमदास चुनावी मैदानमा मुख्य प्रतिष्पर्धीका रुपमा रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । करिब १६ मिलियन मतदता रहेको श्रीलंकाका २२ जिल्लामा निर्वाचन हुँदैछ । सन् २०१५ को निर्वाचनमा ८१ दशमलव पाँच प्रतिशत नागरिकले मतदान गरेको बताईएको छ । निवर्तमान राष्ट्रपति मैथीपाल सिरिसेनाको दल श्रीलंका फ्रिडम पार्टीले राजपाक्षेलाई समर्थन गरेको छ । श्रीलंकामा तमिल विद्रोहीसँग २६ वर्षदेखि युद्ध जारी छ । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार उक्त युद्धका क्रममा ४० हजार भन्दा बढी तामिल र त्यत्तिकै संख्यामा अन्य नागरिक मारिएको उल्लेख छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here