काठमाडौं ।। पूर्वक्रिकेटर सचिन तेन्दुलकरले आज किर्तिपुरमा बालबालिकासँग मैत्रीपूर्ण क्रिकेट खेल्नुहुने भएको छ । बाल अधिकारको प्रवद्र्धनका लागि कीर्तिपुरमा बालबालिकासँग १० ओभरको मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । संयुक्त राष्ट्र संघको अन्तराष्ट्रिय बालबालिका आपत्कालीन कोष (युनिसेफ) का सद्भावना दूतका रुपमा सचिन गएराति काठमाण्डौँ आउनुभएको हो । सचिनले बालबालिकाहरुको एउटा टोलीको नेतृत्व गर्नुहुनेछ भने अर्को टोलीको नेतृत्व नेपाली क्रिकेटर विनोद दासले गर्ने कार्यक्रम रहेको छ । संयुक्त राष्ट्र संघको बाल अधिकार सम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको अवसरमा नोभेम्बर १५ को दिन पारेर युनिसेफका सदभावना दूत तेन्दुलकर नेपाल आईपुग्नुभएको हो । हरेक बालबालिकालाई ‘खेल्ने, रमाउने र आराम गर्ने अधिकार हुन्छ’ भन्ने नाराका साथ मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।
पूर्वक्रिकेटर सचिन तेन्दुलकरले आज किर्तिपुरमा बालबालिकासँग मैत्रीपूर्ण क्रिकेट खेल्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।