काठमाडौं ।। प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालय पुनर्गठन भएको छ । केही दिनअघि सचिवालयका कर्मचारीले सामुहिक राजिनामा दिएपछि हिजो बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ नियुक्ती गरेको हो । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नेकपा केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापा, विकास विज्ञमा इन्जिनियर गजेन्द्र थपलीया र आर्थिक मामिला सल्लाहकारमा पूर्व सचिव लालशंकर घिमेरलाई नियुक्ति गर्ने निर्णय गरेको छ । बालुवाटार स्रोतका अनुसार थापालाई राज्यमन्त्री, घिमिरेलाई सहायकमन्त्री र थपलीयालाई विशिष्ट श्रेणीको सुविधा हुनेगरी नियुक्त गरिएको हो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईले पनि राजिनामा दिएको हल्ला बाहिर आएको थियो । तर, प्रधानमन्त्रीको सचिवालयमा दुवै जना यथावत रहनुभएको छ । प्रधानमन्त्रीको सचिवालयमा १६ जना रहेका छन् । उनीहरुमध्ये ६ जनाले दिएको राजीनामा स्वीकृत भएको छ । प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, फोटोग्राफर कृष्ण पौडेल र सचिवालयमा कार्यरत घनश्याम भट्टराई र उदय पोखरेलको राजिनामा स्वीकृत भएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here